काठमाडौं / पार्टीविरोधी गतिविधिमा गर्ने ५ जनालाई नेपाली कांग्रेसले पार्टीबाट  निष्कासन गरेको छ । आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले महासमिति सदस्य मंगलबहादुर शाही, महाधिवेशन प्रतिनिधिद्वय धर्मेन्द्रप्रसाद यादव  र रविन्द्रप्रसाद यादव तथा क्रियाशील सदस्य  विरेन्द्रप्रसाद यादवलाई निष्कासन गरेको हो ।

यस्तै बारा जिल्ला समिति सदस्य  रामएकवाल प्रसाद यादवलाई पनि निष्कासन गरिएको संयोजक ढुङ्गानाले जानकारी दिए । आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकालाई कांग्रेसले ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्दै आएको छ ।

OM Sai Pathibhara Hospital