झापा / नेकपा एमालेका तर्फबाट गोरखा क्षेत्र नम्बर -२ मा प्रतिनिधिसभा उम्मेदवार बनेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ । आइतबार राति रिसोर्टमा खाना खाँदै गरेको टीमलाई एक समूहले आक्रमण गरेको अब्दुसले बताएका छन् । आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको तस्बिर अब्दुसले सार्वजनिक गरेका छन् । 

गोरखामा हाम्रो टिममाथि खाना खाँदै गरेको अवस्थामा आक्रमण भएको छ,’ मियाँले भनेका छन्, ‘प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाँकी ३ जना फरार भएका छन् ।’ गोरखा–२ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रतिनिधिसभा उम्मेदवार छन् ।