काठमाडौं / सत्तारुढ दल नेपाली कांग्रेसले पत्रकार सम्मेलन आयोजना गरेको छ । पार्टीको केन्द्रीय प्रचारप्रसार समितिले पत्रकार सम्मेलनको आयोजना गरेको हो । पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै सोमबार दिउँसो ३ बजेका लागि पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन -२०७९ को विषयमा भइरहेका पार्टी गतिविधिको विषयमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको उनले जानकारी दिए ।