काठमाडौँ /  स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सहयोग गरेको भन्दै नेकपा एमालेले रौतहटका आफ्ना ५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ ।

एमालेले प्रभु साहको श्रीमती मौलापुर नगरपालिकाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नपाको मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नपाको मेयर कन्थमनी प्रसाद जयसवाललाई स्पष्टीकरण सोधेको हो ।  

OM Sai Pathibhara Hospital

पार्टीको विधान विपरीत स्वतन्त्र उम्मेदवार प्रभु साहको चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै एमालेले स्पष्टीकरण सोधेको बताइएको छ । 

उनीहरूलाई एमालेले २४ घण्टाभित्र स्पष्टीकरण बारे जानकारी गराउन पत्र काटिएको जनाएको छ । चित्त बुझ्दो जवाफ नआए बाध्य भएर पार्टीले कारबाही गर्ने चेतावनी दिएको हो ।