विराटनगर / मोरङ ३ (१) मा  कांग्रेसले पार्टीका महासमिति सदस्य मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएको छ । 

लिम्बू नेविसंघ मोरङ पूर्व अध्यक्षका साथै जिल्ला संगठनको समेत नेतृत्व गरिसकेका त्यस क्षेत्रका चर्चित अनुहार भएकाले पार्टीले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

लिम्बू नेविसंघ मोरङ पूर्व अध्यक्षका साथै जिल्ला संगठनको समेत नेतृत्व गरिसकेका त्यस क्षेत्रका चर्चित अनुहार भएकाले पार्टीले उम्मेदवार बनाएको बस्नेतले बताए 

निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिका अनुसार कांग्रेसलाई मनोनयन दर्ताका लागि बिहीबार १० बजेदेखि १ बजेसम्मका समय दिएको छ ।

आयोगका उपसचिव ऋषिराम भुसालका अनुसार कात्तिक २५ गते ४ बजे निर्वाचन चिन्ह दिएपछि प्रक्रिया सकिनेछ । मोरङ क्षेत्र –३ को (१) मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि पार्टीले लिम्बूलाई उम्मेदवार बनाएको हो । 

प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री समेत रहेका ५६ वर्षीय थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।