सिन्धुली / सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको ग्रामकाली माध्यामिक विद्यालयमा शिक्षकको कुटपिटबाट एक छात्राको मृत्यु भएको छ ।

सुनकोशी गाउँपालिका –६ अमारेकी कक्षा ७ मा अध्ययनरत १३ वर्षीया छात्रा गोमा वि.क लाई सामाजिक विषयका शिक्षक मिलन दाहालले गृहकार्य नगरेको भन्दै कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

OM Sai Pathibhara Hospital

शिक्षक दाहालले वि.क सहित ५ जना विद्यार्थीलाई कुटपिट गरेका थिए । शिक्षकले कुटेपछि छात्राले घरमा आएर झुन्डिएर आत्महत्या गरेको बताइएको छ । 

मृतक छात्राको हात, नाडी र ढाडमा शिक्षकले कुटेको निलडाम छ । मृतक छात्रा गोमा सहित ६ जना छात्रा र २ जना छात्रालाई शिक्षकले कुटपिट गरेको स्थानीयले बताएका छन । कुटपिट गर्ने शिक्षक अहिले फरार छन ।

कुटपिट गर्ने शिक्षक प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं. –२ का गठबन्धनका उम्मेदवार साथै माओवादी केन्द्रका नेता लेखनाथ दाहाल (राजन)का भाइ हुन ।