झापा / मोरङ क्षेत्र नम्बर –३ अन्तर्गत प्रदेशसभा (क) का गठबन्धनका साझा उम्मेदवार तथा प्रदेश सरकारका वनमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएको छ ।

डेंगु सङ्क्रमणको उपचार गराइ रहेका थापाको आज (बुधबार) बिहान १०ः३० बजे निधन भएको नोबेलका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

गत असोज २३  गते उम्मेदवारी मनोनयन दर्ता गरेकै दिन थापा बिरामी भएका थिए । असोज २४ गते स्वास्थ्य जटिल भएपछि उनलाई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । 

उनलाई थप उपचारका लागि असोज २७ गते काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो । २५ दिन काठमाडौंको ह्याम्स अस्पतालमा राखेर उपचार गर्दा उनको निमोनिया ठीक भएपछि पुनः उनलाई आफन्तले काठमाडौंबाट ल्याएर विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । 

मंगलबार राती १०ः३० बजे अचानक समस्या भएपछि उनलाई आइसियुमा राखिएको थियो । २०७४ सालको निर्वाचनमा समानुपातिक पद्धतिबाट प्रदेशसभामा निर्वाचित भएका थापालाई यस पटक कांग्रेसले प्रत्यक्ष तर्फको टिकट दिएको थियो । 

क्षेत्र नम्बर ३ को प्रदेश (क) मा नेकपा एमालेबाट किशोर राई उम्मेदवार छन् । उनी पथरी शनिश्चरे नगरपालिकाका पूर्व मेयर समेत हुन् ।