झापा / सुर्खेतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि जुत्ता प्रहारको प्रयास भएको छ । पाँच दलीय गठबन्धनले कर्णालीमा गरेको चुनावी सभालाई सम्बोधन गरेर फर्किएका प्रचण्डलाई सुर्खेतको चिङ्गाडमा (मंगलबार) साँझ जुत्ता प्रहारको प्रयास भएको हो ।

चुनावी सम्बोधन पछि चिङ्गाड पुगेका अध्यक्ष प्रचण्डमाथि पूर्वमाओवादी लडाकुसमेत रहेका र हाल स्वतन्त्र बताउने कमल खत्रीले जुत्ता प्रहार गर्न खोजेको सुर्खेत प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । ‘चिङ्गाडको ठाँटी बजारस्थित मटेलामा अध्यक्ष प्रचण्ड पुग्नु भएको थियो, निज कमलले जुत्ताको माला झोलामा बोकेर ल्याएका रहेछन्, उनले झोलाबाट जुत्ताको माला निकाल्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।’ एक प्रहरी अधिकारीले भने ।

OM Sai Pathibhara Hospital