बिर्तामोड / झापाका उद्योगी व्यवसायीहरूले बैङ्क तथा वित्तीय संस्थाहरूले आर्थिक तरलताको चाप देखाउँदै अप्रत्याशित रुपमा ब्याजदर बढाएको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएका छन् । 

जिल्लाभरका उद्योग सङ्घहरूले आज (मंगलबार) ब्याजदर फिर्ताको माग गर्दै सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेलाई १८ बुँदे मागसहितको छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका हुन् ।

OM Sai Pathibhara Hospital

झापा उद्योग वाणिज्य सङ्घ भद्रपुर, उद्योग सङ्घ भद्रपुर, बिर्तामोड, मेची, शनिश्चरे, सुरुङ्गा लगायत उद्योग वाणिज्य सङ्घमा आबद्ध पदाधिकारीहरू र्यालीसहित ज्ञापनपत्र बुझाउन प्रशासन कार्यालय पुगेका थिए । 

सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले सम्बन्धित निकायमा ज्ञापनपत्र पठाएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । माई पश्चिमका उद्योग वाणिज्य सङ्घहरूले इलाका प्रशासन कार्यालय दमकमा ज्ञापनपत्र बुझाएको बताइएको छ । 

आज ज्ञापन पत्र बुझाएको र भोलि बैंकमा कारोबार नगरी आआफ्नो बजार क्षेत्रमा मौन जुलुस गर्ने, २५ गते प्रदेशको कार्यक्रममा सहभागी हुने र २८ गते राष्ट्र बैंकमा धर्ना दिने कार्यक्रम रहेको बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले जानकारी दिए ।