झापा / नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडामाथि हातपात गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय पुरुषोत्तम खड्का रहेका छन् ।

 मकवानपुर -२ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका खतिवडामाथि आज खड्काले हातपात गरेका हुन् । मनहरि गाउँपालिका वडा नम्बर -३ मा गाडीबाट ओर्लनेबित्तिकै खतिवडामाथि हातपात भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनले भने मादक पदार्थ सेवन गरेको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।