झापा / धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो नाम लिएर मत नमाग्न आसन्न आम निर्वाचनका उम्मेदवारलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्मेदवार समक्ष यस्तो आग्रह गरेका हुन् ।

मेयर साम्पाङले आफूले कसैलाई पनि आफ्नो उम्मेदवार भनेर अघि नसारेको पनि प्रष्ट पारेका छन् । मैले कोही कसैलाई मेरो उम्मेदवार बनाएर अघि सारेको छैन । कसैले मेरो नाम लिएर भोट नमाग्नु होला । यसमा मेरो कुनै संलग्नता नरहेको सबैलाई जानकारी गराउँदछु,’ उनले फेसबुकमा लेखेका छन् ।