झापा / जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कुनैपनि राजनीतिक दल वा उम्मेदवारलाई प्रचार-प्रसारमा रोक नलाएको जनाएको छ । सोमबार एक विज्ञप्तिमा जारी गर्दै डडेल्धुरा प्रशासनले प्रचार-प्रसारमा रोक लगाइएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

ज्ञप्तीमा निर्वाचन आचारसंहितामा व्यवस्था भए बमोजिम प्रचार-प्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई सञ्चालन गरे सम्पूर्ण राजनीतिक दल तथा उम्मेदवारको आवश्यक सुरक्षाको प्रत्याभूति गरिने पनि जानकारी गराएको छ । सोमबार डडेल्धुरा सदरमुकाममा स्वतन्त्र उम्मेद्वार सागर ढकालका समर्थकहरूले माइकिङ गर्न खोज्दा प्रहरीले रोकेको थियो । त्यस लगत्तै ढकालले सामाजिक सञ्जाल मार्फत प्रशासनले आफूलाई प्रचारमा रोक लगाएको भन्दै जनता गुहार्नु बाहेक केही बाँकी नरहेको बताएका थिए ।