झापा / उम्मेदवार विरोधी कार्य गरेको भन्दै नेकपा एकीकृत समाजवादीले ५ नेता र कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ ।  मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई विजयी गराउन सक्रिय हुनुपर्नेमा पार्टी र उम्मेदवार विरोधी कार्य गर्ने ५ कार्य नेतालाई नेकपा एसले निष्कासन गरेको हो ।

पार्टीको जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका उनीहरूले पार्टी विरोधी शक्तिहरूसँग साँठगाँठ गर्दै पार्टी विरुद्धको षड्यन्त्रमा संलग्न रहेको आरोप लगाएको छ । महासचिव डा. बेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी विधानको धारा–६४ (क) १, २, ३, ४, ५, ६ र ११ बमोजिम निष्कासन गरिएको हो ।

OM Sai Pathibhara Hospital

पार्टीले निष्कासन गरेकामा देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया, धर्मराज रावल हुन् । अब एकीकृत समाजवादीको जुम्ला जिल्ला कमिटीको सम्पूर्ण कामको संयोजन केन्द्रीय सदस्य तीर्थबहादुर बुढालाई दिइएको पनि जानकारी गराइएको छ ।