सर्लाही  / नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हरिवनमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

माओवादीकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषीमाथि कारबाहीको माग गर्दै उनीहरूले राजमार्ग बन्द गरेका हुन् ।

OM Sai Pathibhara Hospital

सर्लाहीकी बलमाथि दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचार प्रचारमा प्रयोग भएको गाडी तोडफोड गरेको माओवादीको आरोप छ ।

पौडेललाई इलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरे पनि शनिबार पौडेल छुटेका थिए । उनले उम्मेदवारमाथि सांघातिक आक्रमण गर्नुका साथै निर्वाचन बिथोल्ने किसिमको क्रियाकलाप गरेकोमा आवश्यक कारबाही गर्नुपर्ने माग गर्दै माओवादी कार्यकर्ताले आज बिहानदेखि राजमार्ग अवरुद्ध गरेको हो ।