झापा  / जनता समाजवादी पार्टी (जसपा)ले घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले शनिबार आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको हो ।

जसपाले घोषणा पत्रमा पूर्णसमानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था, न्यायप्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्ने र सबै नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने उल्लेख गरेको छ।

OM Sai Pathibhara Hospital

यस्तै, भ्रष्टाचार अन्त्य गर्ने र नागरिकतामा विद्यमान लैंगिक विभेदको अन्त्य गरी युवाहरूलाई देशमै रोजगारीको व्यवस्था गर्ने पनि जसपाले प्रतिबद्धता व्यक्त गरेको छ।

कृषि क्षेत्रको विकासका लागि भूमि सुधार, आधुनिक कृषि खेती लगायतका योजना समेत जसपाको घोषणापत्रमा समेटिएको छ भने परम्परागत कृषि खेतीलाई विस्थापन गर्दै आधुनिक खेती प्रणाली अंगीकार गर्नतर्फ जोड दिएको छ । 

यस्तो छ जसपाको घोषणा पत्र :