बिर्तामोड  / नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीसहितको लोकतान्तिक–वाम गठबन्धनले झापा क्षेत्र नम्बर ५ को साझा प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । 

गठबन्धनका उम्मेदवारहरूले दमक –६ सिद्धि मार्केटस्थित गठबन्धनको निर्वाचन प्रचार कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि ४० बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । 

OM Sai Pathibhara Hospital

क्षेत्र नम्बर –५ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ डा. खगेन्द्र पाण्डव अधिकारी, समानुपातिकमा अईन्द्र विक्रम केरुङ, प्रदेशसभामा प्रत्यक्ष तर्फ गगन पुरीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी जारी गरिएको प्रतिवद्धता पत्रमा यस क्षेत्रको शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिएको छ । 

प्रतिबद्धताहरू सार्वजनिक गर्दै प्रतिनिधिसभाका उम्मेदवार डा. अधिकारीले यस क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका साथै यसै क्षेत्रमा मेडिकल कलेज सञ्चालन गर्ने बताएका छन् । 

त्यस्तै प्रदेशसभा (२) का उम्मेदवार पुरीले झापाको कमल गाउँपालिकामा रहेको आदिवासी रङ्गशालालाई अत्याधुनिक रुपमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।