झापा / जनता समाजवादी पार्टी (जसपा)ले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

OM Sai Pathibhara Hospital

दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरिने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतले जानकारी दिए । 

सत्ता गठबन्धनसँग असन्तुष्टि जनाउँदै जसपा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ । नेकपा एमालेसंग तालमेल गरेको जसपाले प्रतिनिधि सभा सदस्यका लागि १७ स्थानबाट उम्मेदवारी दिएको छ ।