• अनिता बिष्ट

बिर्तामोड /  निर्वाचन नजिकिएसँगै झापामा चुनावी सरगर्मी बढेको छ । कतिपय नेताहरू जनताको घरदैलो गरिरहेका छन् भने कतिपयले चुनावी परिणाम आफ्नो पक्षमा पार्न अरुले गरेका कामको समेत जस आफूले लिइ रहेका छन् । त्यस्तै पछिल्लो समय झापाका मात्रै नभइ देशकै एक चर्चित नेताले पनि त्यस्तै हर्कत गरेका छन् । 

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष समेत रहेका नेता राजेन्द्र प्रसाद लिङ्देनले चुनावलाई लक्षित गर्दै अरुले गरेको काम आफूले गरेको दावी गर्दै चुनावी प्रचार प्रसार गरिरहेका छन् ।  उनी झापा क्षेत्र नम्बर –३ बाट नेकपा एमालेसँग चुनावी तालमेल गरेर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । 

OM Sai Pathibhara Hospital

२०७४ को आम निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभरबाट एक मात्र सिट यसै क्षेत्रमा जितेको थियो । देशभरका उम्मेदवार पराजित हुँदा लिङ्देन कांग्रेसका महामन्त्री समेत रहेका कृष्ण प्रसाद सिटौलालाई १३ हजार मतान्तरले पराजित गर्दै विजयी भएका थिए । लिङ्देनको यही जितले उनलाई राप्रपाको अध्यक्षसम्म बनायो ।

आसन्न चुनावमा पनि फेरि लिङ्देनसँग प्रतिस्पर्धा गर्न बाम गठबन्धनबाट सिटौला चुनावी मैदानमा उत्रिएका छन् । सिटौलालाई सत्ता गठबन्धनमा रहेका दलहरूले बलियो साथ दिएका छन् । यस निर्वाचनमा सिटौलाले जित हासिल गरे आफ्नो विरासत गुम्ने डरले लिङ्देन सिटौलालाई हराउन र मतदाता रिजाउन अनेकौँ हर्कत गरि रहका छन् ।  

सिटौलाले आफ्नो कार्यकालमा गरेका काम लिङ्देनले अहिले आफूले गरेको भन्दै दावी गरिरहेका छन् । लिङ्देनले स्थानीय सञ्चारमाध्यम र अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मञ्चबाट चारआली केचना सडक निर्माण, भद्रपुर राजगढ सडक निर्माण, मेचीपुल निर्माण, जलथल जङ्गल सौर्य विद्युतीय तारबार (हात्ति तारबार), पाठमारी बालुवाडी सडक निर्माण र मेची नदिको पाठामारी झोलुङ्गे पुलको निर्माण कार्य आफ्नो कार्यकालमा भएको भन्दै चुनावी मसला बनाउन थालेका छन् ।  

यदि यो निर्माण कार्य कसैले हामीले गरेको हो या चिठीपत्र मात्र लेखेको छौँ भनेर प्रमाणित गरेमात्र पनि त्यसलाई बिर मानेर झोला बोकेर हिड्ने लिङ्देनको अठोट छ । 

यस अघि संघिय निर्वाचन २०७४ मंसिर २१ गते भएको थियो । त्यसअघि कांग्रेसको सरकार थियो । कार्यकारी प्रधानमन्त्री नेपाली कांग्रेस नेता शेरबहादुर देउवा थिए भने कृष्ण प्रसाद सिटौला झापा क्षेत्र नम्बर –३ बाट प्रत्यक्ष निर्वाचित सांसद थिए । लिङ्देनले दावी गरे अनुसार झापा –३ मा सौर्य विधुतिय तारबारको जति पनि कार्य भएका छन् । 

यो अवधिमा लिङ्देन नत सरकारमा थिए, नत यो निर्माण कार्यमा उनको संलग्नता नै देखिन्छ । एउटा पार्टीको अध्यक्ष समेत रहेका व्यक्तिले संचारमाध्यममा आएर यस्तो भ्रामक अफवाह फैलाउनु कतिको उचित होला त ? के अब उनले कांग्रेसको झोला बोक्लान त ? 

सत्ताको लालचमा सोझा साझा जनताको आखाँमा यसरी छारो हाल्ने काम गर्नु भनेको दुर्घटनाको बाटो रोज्नु बराबर भएको कांग्रेसका एक नेताले बताए ।