काठमाडौं / नेकपा एमालेले आसन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउँसो साढे १ बजे होटल याकएन्ड यतिबाट घोषणा पत्र सार्वजनिक हुने छ । त्यसक्रममा उनले घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको बताए ।