झापा / नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सोमबार काठमाडौँस्थित पार्टी कार्यालयमा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव वेदराम भुसाललगायतको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो।

घोषणापत्रमा नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ । अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र विकासका निम्ति बाधक भएकाले यसको विकल्प खोज्नुपर्ने पार्टीको भनाई छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, उद्योग धन्दाको विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सिँचाइमा जोड दिनेगरी घोषणापत्र तयार गरेको सो पार्टीले पूर्व–पश्चिम महानहर निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै,एकीकृत समाजवादीले गाउँ–सहरमा रोजगारी र स्वरोजगारीका अवसरहरू सृजना गरेर ऊर्जाशील, दक्ष र बौद्धिक जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने प्रतिवद्धता जनाएको छ।

‘हाम्रा युवा, हामीसँगै भन्ने आह्वानका साथ ऊर्जाशील, दक्ष र बौद्धिक जनशक्तिलाई विदेश पलायन ९बे्रन डे«न० हुनबाट रोक्ने र आफ्नै गाउँ सहरमा रोजगारी र स्वरोजगारीका अवसरहरू सृजना गर्ने कुरालाई उच्च प्राथमिकतामा राखिने छ,’ चुनावी घोषणा पत्र सार्वजनिक गर्दै एकीकृत समाजवादीले भनेको छ।

घोषणा पत्रमा ऊर्जा, दक्षता, बुद्धि र क्षमता भएको युवा जनशक्तिलाई उत्साहसाथ देश निर्माणमा लाग्न प्रेरित गरिने पनि उल्लेख गरिएको छ। ‘युवाहरूलाई रूपान्तरणका संवाहक र नेतृत्वका साझेदारका रूपमा विकास गरिने छ,’ घोषण पत्रमा भनिएको छ, ‘सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा जिम्मेवारी सम्हाल्न युवा नेतृत्व विकास गरिने छ।’