गोरखा / गोरखा नगरपालिका –५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । घरमै बसिरहेको बेला दिउँसो एक्कासि लडेर बेहोस भएका उनको बिहीबार साँझ निधन भएको हो । 

बेहोसपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो । गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।

OM Sai Pathibhara Hospital

युवा संघ नेपालका केन्द्रीय पदाधिकारीसमेत रहेका उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।