झापा / प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग टेलिफोनमार्फत प्रत्यक्ष संवाद गरेका छन् । ओलीले पार्टी मुख्यालय च्यासलबाट उनले गोलाप्रथा प्रणालीबाट छान्दै नागरिकसँग चार घण्टा टेलिफोन संवाद गरेका हुन् । 

टेलिफोन संवादपछि कुरा गर्न पाएकोमा उनले उत्साहित भएको प्रतिक्रिया दिएका छन् । ओलीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, –‘‘कल केपी बा’ कार्यक्रममा मैले करिब चार घन्टा टेलिफोन संवाद गरे । तपाईँहरूसँग भएका कुराकानीले म उत्साहित छु ।’

OM Sai Pathibhara Hospital

उनले मंसिर ४ गते हुने निर्वाचनका सन्दर्भमा नागरिकसँग टेलिफोनमार्फत कुरा गरि सुझाव लिएका हुन् ।सर्वसाधारणसँग प्रत्यक्ष जोडिन ओलीले फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आव्हान गरेका थिए । 

ओलीसँग कुरा गर्नका लागि मंगलबार साँझदेखि बिहीबार मध्यान्हसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका थिए ।