बिर्तामोड  / आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि झापामा छ लाख ६३ हजार ३११ मतदाता रहेका छन् । 

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार कूल मतदातामध्ये तीन लाख ३१ हजार ४४ जना पुरुष, तीन लाख ३२ हजार २५९  महिला र आठ जना अन्य रहेका छन्। 

OM Sai Pathibhara Hospital

पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा निर्वाचन क्षेत्र नम्बर १ मा ६० हजार दुई सय ३७ पुरुष, ६० हजार १३८ महिला गरी जम्मा एक लाख २० हजार ३७५ मतदाता छन् । झापा १ मा ४३ वटा मतदान स्थल र १३४ वटा मतदान केन्द्र रहेका छन् । 

त्यस्तै झापा २ मा ६६ हजार ६५७ पुरुष, ७७ हजार ४२९ महिला र पाँच जना अन्य गरी जम्मा एक लाख ३४ हजार ९१ मतदाता रहेका छन् भने ४९ मतदान स्थल र १५२ मतदान केन्द्र छ । 

झापा –३ मा कुल मतदाता एक लाख ३१ हजार ४३२ जना छन् । जसमा ६६ हजार ६१ जना पुरुष र ६५ हजार ३७१ जना महिला रहेका छन् भने ६७ मतदान स्थल र १५५ मतदान केन्द्र रहेको निर्वाचन कार्यलयले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालय झापाका प्रवक्ता प्रेम न्यौपानेका अनुसार झापा –४ मा ६२ हजार २२ जना पुरुष, ६१ हजार १०१ महिला र १ जना अन्य मतदाता रहेका छन् । झापा –३ मा ६३ मतदान स्थल र १४९ मतदान केन्द्र छन् । 

झापा –५ मा कुल एक लाख ५४ हजार २८९ जना मतदाता रहेका छन् । जसमध्ये ७६ हजार ६७ जना पुरुष, ७८ हजार २२० महिला र दुई जना अन्य रहेको न्यौपानेले बताए । उक्त क्षेत्रमा ६१ मतदान स्थल छ भने १७६ मतदान केन्द्र रहेका छन् । 

प्रतिनिधि सभातर्फ कुल १६५ र प्रदेश सभातर्फ कुल ३३० सिटका लागि प्रत्यक्षतर्फको निर्वाचन हुँदैछ। त्यस्तै, प्रतिनिधि सभाका ११० सिट र प्रदेशमा प्रत्येक प्रदेशका लागि सो प्रदेशसभाको कुल आकारको ४० प्रतिशत सिटका लागि समानुपातिक निर्वाचन पनि त्यसै दिन हुँदैछ।

झापामा प्रतिनिधि सभा सदस्यका लागि ५ वटा निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यका १० वटा निर्वाचन क्षेत्रमा २ सय ७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जसमध्ये ४६ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।