झापा / रौतहटको निर्वाचन क्षेत्र नम्बर –१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार माधवकुमार नेपाललाई कारवाही गर्न भन्दै निर्वाचन आयोगले रौतहट प्रहरीलाई पत्र काटेको छ । 

नेपाललाई आचारसंहिता उल्लङ्घनमा कारबाही प्रक्रिया अघि बढाउन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको हो।

OM Sai Pathibhara Hospital

रौतहटमा आयोजित कार्यक्रममा नेपालले आफूले निर्वाचन जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको समाचार प्रकाशन भएका कारण  आयोगले उनलाई २४ घण्टाभित्र आफैं उपस्थित भएर वा आफ्ना प्रतिनिधिमार्फत लिखित रुपमा स्पष्टीकरण पेस गर्न निर्देशन समेत दिएको छ । 

निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को खण्ड (न) मा कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने उल्लेख छ । 

उक्त व्यवस्थाको उल्लंघन हुने गरी कुनै कार्य भएमा उम्मेदवारको हकमा निर्वाचन अयोग ऐन, २०७३ को दफा ३ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना र ऐनको दफाको उपदफा ४ बमोजिम उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था रहेको छ ।

त्यस्तै निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउन पाइँदैन।

ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना वा र २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

311951562_1746744179045677_7029551357184890892_n