बिर्तामोड  / नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं झापा क्षेत्र नं–२ लोकतान्त्रिक–बाम गठबन्धन निर्वाचन प्रचारप्रसार मूल समितिका संयोजक सुधीरकुमार शिवाकोटीले अहिलेको चुनाव अग्रगमन र पश्चगमनकारी बीचको लडाइ भएको बताएका छन् ।‘अहिलेको निर्वाचनको मुख्य सवाल अग्रगमनतिर जाने कि पश्चगमनतिर रु जाने भन्ने हो ’– शिवाकोटीले भने–‘के पी ओलीले राजा र राजतन्त्रबादीसँग मिलेर जन आन्दोलनका उपलब्धि मास्ने षड्यन्त्र गरिरहेकोतर्फ सचेत भएर मत दिन जरुरी छ ।’नेपाली कांग्रेस सहित गठबन्धन दलको बिर्तामोड ५ नं वडा निर्वाचन परिचालन समितिको आयोजनामा सम्पन्न निर्वाचन विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेता शिवाकोटीले ‘हाम्रो उम्मेदवार छैन किन भोट हाल्ने रु’ भन्ने हल्ला र भ्रम विपक्षीहरूले फिँजाइरहेको बताउँदै यसका पछि नलाग्न गठबन्धनका कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

सबै क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै उनले राजनीतिक दल र गठबन्धनका एक/एक सांसदको भूमिका  सरकार गठनमा महत्वपूर्ण रहने बताए । संविधानसभा सदस्य समेत रहेर संसदीय अभ्यासमा सहभागी भएका नेता शिवाकोटीले संसदमा सभामुखसँग बसेर संसदीय अभ्यास, संसदमा बोल्ने समय, संसद् सञ्चालनका बिसयमा नीति नियम बनाउन राजनीतिक दलबाट जितेर गएका सांसदको मात्रै भूमिका रहने उल्लेख गर्दै संसदीय अभ्यासमा स्वतन्त्र संसद्को खासै भूमिका नहुने समेत स्पष्ट पारे । तसर्थ गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको उनको भनाई रहेको छ ।

OM Sai Pathibhara Hospital

कार्यक्रममा झापा क्षेत्र नं-२ प्रतिनिधिसभा सांसदका प्रत्यासी उम्मेद्वार हरिकुमार रानाले पछिल्लो समय एमालेले प्रतिक्रियावादी र निरंकुश राजतन्त्रको पक्षपोषण गरिरहेको आरोप लगाउँदै अगाडि भने –‘ राजतन्त्रकै पक्षपोषण गर्नु थियो भने राजतन्त्र किन ढाल्नु परेको थियो रु के नेपाली जनता अब पनि बन्धक बनेर बस्न चाहन्छन्  । कुण्ठा र प्रतिशोधलाई सडकमा पोख्ने होइन मतबाट परास्त  गर्नुपर्ने धारणा राख्दै उम्मेद्वार रानाले  राजनीतिक इमान्दारिता र नैतिकता प्रदर्शन गरेर सबै दलले प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा झापा क्षेत्र नं–२, प्रदेशसभा १ का प्रत्यासी उम्मेद्वार पुष्प पोखरेलले गठबन्धन दलले मात्रै देश र जनताको समुन्नतिका लागि कार्य गर्न सक्ने बताउँदै राष्ट्रिय आवश्यकताका आधारमा गठबन्धन भएको धारणा  व्यक्त गरेका छन् । निरंकुशता र पश्चगमनकारी शक्तिलाई जनमतबाट परास्त गरेर अग्रगामी शक्तिलाई चुनाव जिताउने दायित्व जनताको काँधमा आएको उम्मेद्वार पोखरेलको भनाई थियो । नेपाली कांग्रेस बिर्तामोड ५ नम्बर वडा समितिका सभापति दीपक मेनेङबोको सभापतित्वमा  सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।