बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले पार्टीविरुद्ध बागी उम्मेदवारी दिने दुई उम्मेदवारसहित तीन जनालाई कारबाही गरेको छ । राप्रपाले खुश्वु ओली, कल्याण खड्का र श्याम ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । 

ओलीले प्रतिनिधिसभा सदस्यमा झापा –४ मा स्वतन्त्र उम्मेदवारी दिएकी छन् भने कल्याण झापा –१ को (क) मा अन्य पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै श्याम भने स्वतन्त्र उम्मेदवार खुश्वुको मुख्य प्रचारकमा रहेका छन् ।