बिर्तामोड / कार्यकर्ता भेटघाट तथा निर्वाचन प्रचारका क्रममा झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज क्षेत्र नं १ र ५ मा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागी हुने भएका छन् । आज बिहान ११ बजे क्षेत्र नं १ स्थित को धुलाबारीमा हुने कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि सहभागी हुनेछन् ।

यसैगरी दिउसो २ बजे दमकको रोयल पार्टी प्यालेसमा आयोजना गरिएको क्षेत्र नं ५ स्तरीय नेता तथा कार्यकर्ता सहभागी हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले जानकारी दिए । हिजो अध्यक्ष ओलीको स्वास्थ्यमा केही समस्या आएपछि प्रेस चौतारी झापाले आयोजना गरेको कार्यक्रममा उनी सहभागी भएका थिएनन् । तर, आज स्वास्थ्य अवस्था ठिक भएकोले सबै कार्यक्रमहरू यथावत सञ्चालन हुने दाहालले बताए ।