काठमाडौं  / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लाइभ डिबेटमा आउन चुनौती दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू लाइभ डिबेटका लागि तयार रहेको उल्लेख समेत गरेका छन् । पश्चिमा देशमा निर्वाचनका बेला गरिने लाइभ डिबेटका लागि ओलीले आफू तयार रहेको बताए ।

सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले लाइभ डिबेटमा आउन आग्रह गर्नु भएको छ । धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि  ? उनले फेसबुकमा लेखेका छन् ।