बिर्तामोड / नेपाली काङ्ग्रेस झापाका सभापति तथा झापा क्षेत्र न -४ का प्रतिनिधिसभाका प्रत्यासी उम्मेद्वार देउकुमार थेबे र प्रदेशसभा क का प्रत्यासी उम्मेद्वार झलकसिंह दर्लामीले शिवसतासी नगरपालिका  वडा नं.- ४ र ५ मा घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलो तथा कोणसभा कार्यक्रम जनता बजार , स्याल्मारा , पाँचगाछी , रङ्गेथान , बिश्वडुब्बा , भेलामुनी , बुलुचोक लगायत क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा समानुपातिकतर्फ प्रदेशसभा सदस्यका प्रत्यासी उम्मेद्वार लख्खीदेवी गणेशको पनि उपस्थिति रहेको थियो । सो क्रममा गरिएको कोणसभामा नेपाली कांग्रेस झापाका पूर्व सचिव भक्ति सिटौला , पर्शुराम ढुंगाना , जयनारायण साह , रोहित साह , बिनोद ढकाल , अशोक बस्नेत , पदम थापा लगायतको सहभागितामा रहेको थियो ।

घरदैलो एवम् विभिन्न स्थानमा आयोजित कोणसभामा कार्यक्रममा बोल्दै प्रत्यासी उम्मेद्वार थेबेले क्षेत्र नं-४ का आवश्यकता र विकास निर्माणका विषय समेटिएको घोषणापत्र यसअघि नै तयार पारिएको बताउँदै बिकासको मूल आफूहरुले मात्र फुटाउन सक्ने दाबी गरेका छन् । निर्वाचनमा झुटा आश्वासन बाँड्नेलाई भन्दा कम बोलेर काम बढी गर्नेलाई  मतदान गर्न आह्वान गर्दै नेता थेवेले यस क्षेत्रमा आफू सँधै जनताको सुख दुःखमा साथमा रहेको बताए । किसान, मजदुर, विभिन्न पेशाकर्मीको समस्या के हो भन्ने विषयमा आफू जानकार रहेको बताउँदै उनले  तमाम समस्यालाई समाधान गर्ने बताए । कार्यक्रममा बोल्दै झापा क्षेत्र नं–४ प्रदेश क का प्रत्यासी उम्मेद्वार झलकसिंह दर्लामीले सुकुम्बासी समस्या समाधान आयोगमा बसेर राज्यकोषको सुविधा दुरुपयोग गर्ने उमेदवारहरू अहिले जनता झुक्याउदै आएको बताउँदै चनाखो भएर मतदान गर्न आग्रह गरेका छन् । 

OM Sai Pathibhara Hospital