झापा  / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगरी जनताको आखामा छारो हान्ने काम गरेको छ ।  

मन्त्रिपरिषद् गठन भएको २ महिनाभित्र आफ्नो सम्पत्ति सार्वजानिक गर्नुपर्ने प्रावधान भएपनि प्रधानमन्त्री देउवा सरकारले १६ महिना बितिसक्दा पनि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छैन् । 

OM Sai Pathibhara Hospital

भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले हरेक आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ । 

सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्छ भन्ने प्रावधान नभएपनि पारदर्शिताका लागि प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन छ ।

तीब्र आलोचनापछि गत १७ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरिएपनि प्रधानमन्त्री कार्यालयले डेढ महिनासम्म कार्यान्वयन गरेको छैन ।

सबै मन्त्रीहरूले सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाइसकेका छन् । तर, प्रधानमन्त्रीकै कारण मन्त्रीहरूको सम्पत्ति गोप्य राखिएको स्रोत बताउँछ । 

चुनावको मुखमा प्रधानमन्त्री तथा केही मन्त्रीहरू आफ्नो अकुत सम्पत्ति रहेकाले त्यो सार्वजनिक गर्दा आलोचना हुनसक्ने डरमा छन् । सोही कारण प्रधानमन्त्री देउवा उक्त मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन ।