बिर्तामोड  / राजेन्द्र लिङ्देनलाई भोट दिन नसक्ने भन्दै झापाको क्षेत्र नम्बर –३ मा नेकपा एमालेका नेता तथा कार्यकर्ताद्वारा पार्टी परित्याग गर्ने क्रम बढेको छ । झापा –३ मा एमालेले राप्रपासँग चुनावी तालमेल गरी लिङ्देनलाई उम्मेदवार बनाएपछि पार्टीका नेता तथा कार्यकर्ताहरू असन्तुष्ट बनेका हुन् । 

सोमबार मात्रै विभिन्न जिम्मेवारी सम्हालेका एमालेका युवा तथा विद्यार्थी सङ्गठनका चार जना नेतृत्वले पार्टी परित्याग गरी स्वतन्त्र बस्ने घोषणा गरेका छन् । 

OM Sai Pathibhara Hospital

राष्ट्रिय युवा संघ नेपाल हल्दीबारी गाउँकमिटीका अध्यक्ष अनिल मेचे, सचिव मनोज सुवेदी, अनेरास्ववियु हल्दीबारी गाउँकमिटीका अध्यक्ष विजय राई र सचिव अभिषेक खतिवडाले पदबाट राजीनामा दिई पार्टी परित्याग गरेका हुन् । 

पार्टीले फरक राजनीतिक आस्था र फरक विचार राख्ने राजनीतिक दल राप्रपासँगको निर्वाचनको तालमेल आफूहरूलाई स्वीकार्य नभएको र पार्टी कमिटी र पार्टी नेताहरूको केही हर्कतका कारण पार्टी परित्याग गरेको उनीहरूले बताएका छन् । 

उनीहरूले आफूहरू स्वतन्त्र बस्ने बताए पनि झापा –३ बाट बागी उम्मेदवारी दिएका दिएका डम्बर बहादुर गिरीलाई सहयोग गर्ने अनुमान गरिएको छ । आसन्न निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका गिरीले सूर्यमुखी फूल चुनाव चिन्ह पाएका छन् । 

यसरी एमालेका नेता तथा कार्यकर्ताहरूले धमाधम पार्टी परित्याग गर्दा राप्रपा अध्यक्ष लिङ्देन भने समस्यामा परेका छन् । 

307839756_1145900242678609_3019654893546822181_n