विराटनगर / मोरङ क्षेत्र नम्बर -३ मा नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका प्रतिनिधिसभाका साझे उम्मेद्वार डा. सुनिल शर्माले शुक्रबारदेखि चुनावी घरदैलो अभियान सुरु गरेका छन । मोरङ क्षेत्रनम्बर -३ ख का उम्मेद्वार लक्ष्मीकुमार श्रेष्ठ सहितका नेताहरु पनि घरदैलो कार्यक्रममा सहभागि भएका थिए । गठबन्धनले क्षेत्रनम्बर -३ मा सुन्दरहरैचा नगरपालिकाको -१० नम्बर वडा घरदैलो अभियान सुरु गरेका हुन । गठबन्धनमा आवद्द सबै दलका नेताहरू घरदैलो अभियानमा सहभागि भएका थिए ।

विहीवार मात्र गठबन्धन आवद्ध दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दा मोरङ क्षेत्रनम्बर -३ मा गठबन्धनमा आवद्द उम्मेद्वार विजय गराउन अपिल गरेका थिए । अभियानको क्रममा प्रतिनिधिसभाका उम्मेद्वार शर्माले गठबन्धनका उम्मेदवारहरूलाई भोट दिए जनताको भोट खेर जान नदिने र इमान्दारिता पुर्वक पूर्वको क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता जनाएका थिए । घरदैलो कार्यक्रममा उम्मेदवारहरूले यस क्षेत्रको विकास, शिक्षामा सुधार , स्वास्थ्य देखि पूर्वाधार विकासका विषयमा आफूहरूसँग प्रष्ट खाका रहेको र यिनै योजना कार्यन्वयन गर्नपनि आफूहरूलाई भोट दिन जनतासँग आग्रह गरेका थिए ।