बिर्तामोड / प्रतिगमन विरुद्ध संघर्षरत गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन  झापामा जिल्लास्तरीय संयन्त्र गठन गरिएको छ । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न गठबन्धनमा आबद्ध तीन दलको संयुक्त बैठकले नेपाली कांग्रेसका कार्यवाहक सभापति केशवराज पाण्डेको संयोजकत्वमा नौ सदस्यीय जिल्ला समन्वय संयन्त्र गठन गरेको हो ।

गठित समितिको सहसंयोजकमा नेकपा एकीकृत समाजवादीका बेदराज रेग्मी र माओवादी केन्द्रका  संयोजक राजु आचार्य अग्नि सचिव रहेका छन् । समितिका सदस्यहरूमा नेपाली कांग्रेसबाट शेरबहादुर भट्टराई र कृष्ण हुमागाईँ, माओवादी केन्द्रबाट मोहन टुडु र कुवेर श्रेष्ठ, नेकपा एसबाट सविना भण्डारी र वि.पि भट्टराई रहेका छन्  । गठित समितिले  जिल्लाका सबै प्रतिनिधिसभा क्षेत्र र प्रदेशसभा क्षेत्रमा आइपर्ने समस्या र विविध विषयमा समन्वय र  समस्या समाधानका लागि कार्य गर्नेछ ।