बिर्तामोड / नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले उपसभापति केशवराज पाण्डेलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न पदाधिकारीको बैठकले आसन्न निर्वाचनसम्मका लागि पाण्डेलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो । सभापति थेवे झापा क्षेत्र नं -४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेपछि पाण्डेलाई कार्यवाहक दिइएको हो ।

नेविसङ्घको १ नं क्षेत्रीय समिति सदस्य भई नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका पाण्डे कनकाई क्याम्पस बिर्तामोडको स्ववियु सभापति, नेविसङ्घको जिल्ला पदाधिकारीको जिम्मेवारी सम्हाले पश्चात  पार्टीको मूल राजनीतिमा क्रियाशील छन् ।

OM Sai Pathibhara Hospital

नेपाली कांग्रेस तत्कालीन ३ नम्बर क्षेत्रीय समितिको सदस्य हुँदै पार्टीको १० औं महाधिवेशनबाट  दुई कार्यकाल जिल्ला सदस्य, १३ औं महाधिवेशनमा जिल्ला कोषाध्यक्ष बनेका पाण्डे गत मङ्सिरमा सम्पन्न पार्टीको १४ औं महाधिवेशनबाट उपसभापतिमा अत्याधिक मतसहित विजयी भएका थिए ।