काठमाडौँ  / नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ ।रूपन्देही –२ का आफ्नो उम्मेदवारी खारेजी भए पछि सर्वोच्च अदालत गएका गुरुङको रिटमा आज सुनवाई हुने भएको हो। 

कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए।

OM Sai Pathibhara Hospital

गुरुङको रिट न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा परेको छ । उनले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएका छन् ।

गुरुङले आफू व्यक्तिगत रुपमा कालोसूचीमा परेको नभई आफ्नो कम्पनी मात्रै कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको र उक्त निर्णय बदरका लागि अदालत पुगी मुद्दा विचाराधीन रहेको भन्दै निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङ सर्वोच्च गएका थिए ।