झापा  / प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाएका छन् । गठबन्धनबाट बाहिरिएर पनि सरकार नछाडेपछि देउवाले बिहीबार जसपाका चारजना मन्त्रीहरूलाई हटाएका हुन् ।

जसपाका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएर उनीहरूको मन्त्रालयको जिम्मेवारी पनि आफैँले राखेका छन् । 

OM Sai Pathibhara Hospital

यस्तै, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) को पदावधि सकिएकाले उक्त मन्त्रालयको जिम्मेवारी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सुम्पिएका छन् ।

राष्ट्रपति निवासका सहप्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पदमुक्त गरेकी हुन् । सत्तारुढ गठबन्धन छोडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवा रुष्ट बनेका थिए ।