झापा / नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले टिकट नदिएपनि एमालेभित्रै रहेर नेतृत्वविरुद्ध संघर्ष गर्ने बताएका छन् । रावलले बिहीबार पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।

एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग चुनावी तालमेल गर्ने सहमति गरेकोप्रति नेता रावल असन्तुष्ट छन् । उनले प्रश्न गर्दै भने, ‘तपाई (ओली) र माधव नेपालको राजविराजमा हत्यासम्म गर्ने दुष्प्रयास गर्नुका साथै संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने जसपासँग चुनावी साँठगाँठ गर्न मिल्छ । त्यो पार्टी सिद्धान्त विपरीत भएन ?’

OM Sai Pathibhara Hospital

टिकट खोसिएको प्रति आक्रोश पोख्दै उनले विगतमा एमाले कार्यकर्ताको रगत बगाउने, एमालेविरुद्ध लाग्नेलाई सूर्य चुनाव चिह्न दिएको भन्दै सूर्य चिह्न पाउने सबै उम्मेदवारलाई जिताउनका लागि आग्रह गर्न नसक्ने समेत बताएका छन् । 

हेर्नुहोस् पूर्णपाठ: