झापा / रौतहट -३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । साहले एमालेको टिकट अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् । प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएसँगै रौतहट -३ मा एमालेको उम्मेदवार विहीन बनेको छ । स्वतन्त्र उम्मेदवारी दिएपछि साहले आफू एमालेमा नरहेको घोषणा गरिसकेका छन् । पूर्वमाओवादी नेता रहेका साह पछिल्लो समय एमालेको स्थायी कमिटी सदस्य थिए ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रौतहट -३ मा आफूहरूको उम्मेदवार रहेपनि गठबन्धनले साहलाई समर्थन गर्ने निर्णय भएको बताएका छन् । रौतहट -३ मा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेदवार बनेका थिए ।

OM Sai Pathibhara Hospital

साहलाई समर्थन गर्ने औपचारिक सहमति भएसँगै पटेलको उम्मेदवारी निष्क्रिय हुने उनको भनाइ छ । रौतहटमा साहको बलियो प्रभाव छ । यसअघि उनले माओवादी केन्द्रबाट साह २०६४ र २०७० को संविधान सभामा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।