झापा  / मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । अर्का स्वतन्त्र उममेदवार दोर्जेलामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् ।

गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडुले बताएका छन् । उनको उमेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुनेछन् । मनाङेलाई आफ्नो दलमा ल्याउन उक्त क्षेत्रमा नेकपा (एमाले) तथा सत्ता गठबन्धनका अरू दलले आफ्ना उम्मेदवारी उठाएका छैनन् ।