बिर्तामोड / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र झापा –१ मा प्रतिनिधिसभा सदस्य पदका लागि १६ जनाले मनोनयन दर्ता गराएका छन् ।  मनोनयन दर्ता गराउने १६ जनामा स्वतन्त्र उम्मेदवार तीन जना छन् । नेपाली कांग्रेसबाट विश्व प्रकाश शर्मा, नेकपा एमालेबाट अग्नि प्रसाद खरेल, जनता समाजवादी पार्टी (जसपा) बाट राधा थापा, लोकतन्त्र समाजवादी पार्टी नेपालबाट ओलीन राजवंशी, हाम्रो नेपाल पार्टीबाट ठण्डबहादुर अधिकारी, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्द दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सन्तराज कार्की रहेका छन् । 

त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनबाट सन्तोष तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पदम माया लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीबाट चिवहाङ जबेगु, नेपाल जनता पार्टीबाट राम कुमार काफ्ले, जनसमाज वादी पार्टी नेपालबाट रमेश बास्तोला र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ओमनाथ भण्डारीले मनोनयन दर्ता गराएका छन् । यस्तै झापा –१ मा विकास राजवंशी,  केन्द्र कुमारी दाहाल र विदुर कुमार खतिवडाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् ।  मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराइएको थियो । 

OM Sai Pathibhara Hospital

त्यस्तै जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका पाँच निर्वाचन क्षेत्रका लागि नौ महिला, ३३ स्वतन्त्र गरी एक सय एक जनाले प्रतिनिधिसभा तर्फ र एक सय ६ जनाले प्रदेशसभा तर्फ उम्मेदवारी दर्ता गराएका हुन् । जसमा झापा क्षेत्र नं १ मा तीन महिलासहित १६ जना, २ मा एक महिलासहित बिस जना, ३ मा १८ जना, ४ मा एक महिलासहित १० र ५ मा चार महिलासहित २७ जनाको उम्मेदवारी रहेको छ । प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउने मध्ये सबैभन्दा धेरै झापा क्षेत्र नं –५ मा रहेका छन् । त्यसमा पनि स्वतन्त्र उम्मेदवारको सङ्ख्या धेरै रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । नेपालका अनुसार यो निर्वाचन क्षेत्रमा सहभागी दलमध्ये १४ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।