बिर्तामोड  / राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका पाँच वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएको छ । 

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उक्त पार्टीले झापाका पाँच वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएको हो । 

OM Sai Pathibhara Hospital

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर –१ मा ओमनाथ भण्डारी, झापा –२ मा रुद्र प्रसाद गिरी, झापा –३ मा प्रकाश पाठक, झापा –४ मा शम्भु प्रसाद ढकाल र झापा –५ मा सुरेश कुमार पोखरेलले मनोनयन दर्ता गराएका छन् । 

मनोनयन दर्ता गराउने सबै उम्मेदवार ५५ वर्ष भन्दा मुनिका रहेका छन् । राष्ट्रिय स्वतन्त्र पाटीबाट कति जना संसद् भवन पुग्न सफल हुन्छन् त्यो हेर्न भने मंसिर ४ कुर्नै पर्ने हुन्छ ।