काठमाडौं / सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिबिना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् ।

सत्तागठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो । 

OM Sai Pathibhara Hospital

निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा २६ असोज दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने आज बसेको सत्ता गठबन्धनको बैठकले निर्णय गरेको छ ।