झापा  / प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीबारे जवाफ दिनका लागि आज समयसीमा तोकिएको छ।

२३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसीमा तोकिएको हो।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहितका उम्मेदवारविरुद्ध उजुरी परेको छ। देशैभरीका उम्मेदवारमाथि परेको उजुरी पछि आयोगले सो उजुरीका बारेमा आजै जवाफ दिन सम्बन्धित उम्मेदवारलाई सूचना टाँस गरी सम्बन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ। 

उता, निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनेका लागि समयसीमा तोकिएको छ । 

सोही दिन अपराह्न ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ।