बिर्तामोड / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं. १ बाट मनोनयन दर्ता गराएका छन् । आइतबार दिउँसो उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

शर्मा संसदीय चुनावमा झापा १ बाट यस अघि दुई पटक उम्मेदवार बनिसकेका छन् । तर, उनले दुबै पटक पराजय भोगेका थिए । उनले ०७० सालमा एमालेका रविन कोइराला र २०७४ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका राम कार्कीसँग पराजय भोगेका थिए ।

OM Sai Pathibhara Hospital

यो क्षेत्रमा यस अघि एमालेका रविन काेइरालाकाे नाम चर्चामा रहे पनि अन्तिम समयमा एमालेले अग्नि खरेललाई अघि सारेको छ । यस निर्वाचन क्षेत्रमा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाकाको वडा नम्बर ९ र १०, बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ समेटिएको छ ।