बिर्तामोड / मंसिर ४ गते हुने निर्वाचनको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । 

आइतबार दिउँसो दमक नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावक रोमनाथ ओली र समर्थक दीपक कार्की रहेका छन् । 

OM Sai Pathibhara Hospital

ओली ०४८ सालदेखि निरन्तर यो क्षेत्रबाट चुनाव लड्दै आएका छन्। यसपटक पनि उनी विगतकै प्रतिस्पर्धीसँग चुनावी मैदान उत्रिँदै छन्। गठबन्धनको तर्फबाट कांग्रेसका खगेन्द्र अधिकारीले यस क्षेत्रमा टिकट पाएका छन्। 

०७४ को निर्वाचनमा पनि ओली र अधिकारीको प्रतिस्पर्धा भएको थियो । ओलीले ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने उनका निकटम् प्रतिद्वन्द्वी अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए । 

एमालेबाट प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नम्बर (क) मा हिम्मत कार्की र (ख) मा होमबहादुर थापा उम्मेदवार बनेका छन्।