बिर्तामोड / नेकपा एमालेका जिल्ला तथा सचिवालय सदस्य डम्बरबहादुर गिरीले नेकपा एमाले परित्यागको घोषणा गरेको छन् । गिरीले  आज सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । झापा ३ मा एमालेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई गठबन्धनबाट उम्मेदवार बनाएपछि गिरीले नेकपा एमाले परित्यागको घोषणा गरेका  हुन् ।

" उनले लेखेका छन् ‘विगत २०६२/०६३ को जनआन्दोलनसँगै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा रूपान्तरण गर्ने अभियानमा नेकपा एमाले मार्फत सङ्गठित भएर नेकपा एमालेको साविक जलथल गाउँ कमिटी अध्यक्ष, क्षेत्रीय कमिटी क्षेत्र नं ३ को अध्यक्ष, युवा संघ नेपाल झापाको अध्यक्ष हुँदै हाल नेकपा एमाले झापा जिल्ला कमिटी सचिवालय सदस्य एवम् क्षेत्र नं ३ को सचिव समेतको जिम्मेवारीमा रहेको सर्वविदित्तै छ ।’

OM Sai Pathibhara Hospital

अहिलेको राष्ट्रिय आवश्यकता आर्थिक सामाजिक रूपान्तरणको माध्यमबाट समाजवादका आधारहरू निर्माण गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार पार्नका लागि गठबन्धन होइन बलियो राष्ट्रिय शक्ति आजको आवश्यकता हो । त्यसका लागि नेकपा एमालेले नेतृत्व गर्नुपर्छ भन्ने आम नेपाली जनताहरूको चाहना विपरित झापा क्षेत्र नं ३ मा पुरातन पञ्‍चायती शैलीको पार्टी राप्रपासँग तालमेल गर्ने निर्णय आम पार्टी नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना र मुलुकको हित विपरित रहेको ठहर गर्दै नेकपा एमालेको सबै जिम्मेवारीबाट आजकै मितिबाट राजीनाम गरेको घोषणा गर्दछु '' ।