झापा / नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रूपन्देही क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । स्वतन्त्र वाम उम्मेदवारका रुपमा आफू चुनाव लड्ने उनले बताए । रूपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा भुसालले चुनाव लड्न कुनै दलको चिह्न नलिने बताए ।

भुसालले पार्टी छाडेको घोषणा गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई आफ्नो पार्टीको चुनाव चिह्नमा चुनाव लड्न आग्रह गरेका थिए । तर आफू स्वतन्त्र बन्ने कुरा प्रचण्डलाई भनेको उनले जानकारी दिए । स्वतन्त्र उम्मेदवारका रुपमा रहने सत्ता गठबन्धनले पनि समर्थन गर्ने भन्दै प्रचण्ड र आफूसँग भएको कुरा पत्रकार सम्मेलनमा  सुनाए । भुसालले आफूले चुनाव जिते पनि स्वतन्त्र नै रहने र कुनै दलको सदस्यता नलिने दाबी गरे ।