झापा / एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । भुसालले शनिबार दिउँसो सामाजिक सञ्जाल फेसबुक पेज मार्फत एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि  घोषणा गरेका हुन् ।

OM Sai Pathibhara Hospital

४५ वर्षसम्म आफ्नो सम्पूर्ण शक्ति पार्टीमा लगाएपनि नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको उनले बताए ।

फेसबुकमा उनले लेखेका छन्  –‘म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’  

अध्यक्ष ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भ र स्वेच्छाचारिताको आक्रमण बढ्दै गएको भुसालको आरोप छ ।

उनले फेसबुकमा यस्तो लेखेका छन् :