झापा / आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा नेकपा एमाले र जसपा नेपालबीच गठबन्धन हुने भएको छ । एमाले र जसपाबीच १४ जिल्लामा चुनावी तालमेल गर्ने सहमति भएको हो ।

एमालेका महासचिव शंकर पोखरेलका अनुसार शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

OM Sai Pathibhara Hospital

सहमतिअनुसार मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको महासचिव पोखरेलले बताए ।

यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । तालमेल भएका निर्वाचन क्षेत्रहरू बाहेक अन्य निर्वाचन क्षेत्रहरूमा दुवै पार्टीले उम्मेदवारी दिन सक्ने र यो सहकार्य निर्वाचनपछि पनि निरन्तर रहने सहमति भएको छ ।


हेर्नुहोस् यस्तो छ सहमति : 

311283897_2248140412008496_4098645688561239503_n311312396_2248140492008488_2985092650775292207_n