झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं –१ बाट उम्मेदवारी दिने भएका छन् ।

विवेकशील साझा त्यागेर राप्रपासँग एकता गरेको दुई दिनपछि शुक्रबार मिश्रले औपचारिकरूपमा उम्मेदवारी घोषणा गरेका हुन् । 

OM Sai Pathibhara Hospital

मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थित भए  । मिश्र २०७४ को संसदीय चुनावमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । 

विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्र त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग थोरै मतान्तरमा पराजित भएका थिए ।
सिंह १० हजार १३७ मत ल्याउँदा मिश्रले १० हजार ११८ मत पाएका थिए ।